महाकाली नदीले सतर्कता तह पार गर्‍यो, कञ्चनपुर र डडेल्धुरामा सतर्क रहन आग्रह

महाकाली नदीले सतर्कता तह पार गर्‍यो, कञ्चनपुर र डडेल्धुरामा सतर्क रहन आग्रह

धनगढी | महाकाली नदीले सतर्कता तह पार गरेकाे छ। महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह ६.२३ मिटर पार गरेको हाे। 

नदीको जलसतह बढ्दो क्रममा रहेकोले डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहने नागरीकलाई सतर्क रहन आग्रह गरिएको छ।