बैतडीको सिगासमा सेती नदीको बहाव बढ्दा सय बढी स्थानीय नदीको बिचमा फसे

बैतडीको सिगासमा सेती नदीको बहाव बढ्दा सय बढी स्थानीय नदीको बिचमा फसे

बैतडी ।  बैतडीको सिगास गाउपालिका ५ को डुंगाड बस्तीका सय भन्दा बढी मानिसहरु सेती नदीको बिच क्षेत्रमा फसेका छन् । लगातारको वर्षाले सेती नदीको बहाब बढेर खेत हुदै बस्तीमा पसेपछि त्यहाका स्थानियहरु फसेका हुन् ।

वडा अध्यक्ष राम बहादुर धामीका अनुसार केहि मानिसहरु नजिकैको बिद्यालयमा गएको भए पनि सय भन्दा बढी मानिसहरु नदीको बिचको टापुमा फसेका छन् ।

स्थानिय सुजन चन्दका अनुसार खेत र बस्तीमा नदी पसेपछि त्यहाका स्थानियहरु उद्धारको पखाईमा रहेको छन् । समयमै उद्धार नभए ठुलो जनधनको क्षेती हुन सक्ने उहाले बताउनुभयो । डोटी र बैतडी जोड्ने पूल समेत उच्च जोखिममा रहेको उहाको भनाइ छ । 

जिल्लामा सञ्चार सेवा पनि अबरुद्ध हुदा जिल्ला प्रसासन कार्यालय तथा प्रहरी कार्यालयमा सम्पर्क हुन सकेको थिएन अहिले बल्ल सम्पर्क मा आएर जिल्ला प्रहरी कार्यालय को टोलि सिगास तिर गएको प्रहरी प्रबक्ता दर्शन खड्का ले जानकारी दिनुभएको छ । 

बैतडीको सिगास गाउपालिकाको ढुङ्गाडमा सेती नदि बिच बस्ति  पसेर  सबै घर बिहिन दुबै तिर बाढिले क्षती भएकाले उद्दार गर्नका लागि प्रदेस सरकार र  नेपाल सरकार को ध्यानाकर्षण  गरिएको छ। 

आकाश खुल्ने बित्तिकै हेलिकप्टर बाट उद्दार गर्ने  मुख्यमन्त्री का सोकिय सचीव शिव सिह वलिले जानकारी दिनुभएको छ ।