बझाङको थलारामा बेपत्ता २३ जनाको खोजीको लागि प्रहरी परिचालन

बझाङको थलारामा बेपत्ता  २३ जनाको खोजीको लागि प्रहरी परिचालन

अविरल वर्षापछि बझाङ थलारा गाउँपालिका– ४ डिख्खामा मंगलवार पहिरोमा २३ जना बेपत्ता भएको जानकारी पाएपछि प्रहरीको टोली घट्नास्थल तर्फ गएको छ ।

सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पुरुषोत्तम कँडेलले पहिरोमा परी २३ जना बेपत्ता भएको जानकारी पाएपछि उद्दारका लागि घट्नास्थलमा प्रहरी परिचालन गरिएको बताए ।

डिआईजी कँडेलले प्रहरीको टोली घट्नास्थल पुग्न करीव तीन घण्टा लाग्ने बताए । उनले घट्नाको सम्पूर्ण विवरण आईनसकेको र पहिरोमा २३ जना बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । पहिरोबाट जोगिएकाहरु विद्यालयमा आश्रय लिएर बसेको डिआईजी कँडेलले बताए ।

पहिरोमा परी बेपत्ता हुनेहरुमा थलारा गाउँपालिका– ४ डिख्खाका गगने सार्कीका घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको स्थानीयले बताएका छन् ।