महाकालीको बाढीमा फसेका पाँच जनाको उद्दारका लागि पुनः हेलिकोप्टर उड्यो

महाकालीको बाढीमा फसेका पाँच जनाको उद्दारका लागि पुनः हेलिकोप्टर उड्यो

कञ्चनपुर। महाकाली नदीमा फसेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको उद्दारका लागि हेलिकोप्टर पुनः महेन्द्रनगरबाट उडेको छ । प्रतिकुल मौसमका कारण यसअघि फिर्ता भएको हेलिकोप्टर पुनः त्यस तर्फ उडेको हो ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना हिजो राति देखि फसेका थिए ।महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मुसेट्टिका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक,९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ ।उनीहरु ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयले बताएका छ्न ।