मुख्‍यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

मुख्‍यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

धनगढी । सुदूरपश्चिम प्रेदशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा आइतरबार साँझदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति गरेको छ । हालसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्युु बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन् ।