धनगढीको एसटिएस सिनेमामा सुविधा सम्पन्न प्याराडाईज क्याफे सञ्चालनमा (फोटो फिचर)

धनगढीको एसटिएस सिनेमामा सुविधा सम्पन्न प्याराडाईज क्याफे सञ्चालनमा (फोटो फिचर)

धनगढी | धनगढीमा सुविधासम्पन्न प्याराडाईज क्याफे संचालनमा आएको छ । एसटिएस सिनेमा हलमा झण्डै ३५ लाखको लगानीमा क्याफे संचालन गरिएको छ ।

No description available.

तत्कालिन आवस्यकतालाई मध्यनजर गर्दै सिनेमा हलमा Go Green, Safe Nature भन्ने मुल उद्देश्यका साथ क्याफे संचालन गरेको क्याफेका संचालक सुनिल यादवले बताए ।

No description available.

सिनेमा हलमा फिल्म हेर्नका लागि आउनेहरुको सुविधालाई मध्यनजर गर्दै क्याफेको अवधारणा ल्याएको हो, उनले भने, हल संचालनको समय बाहेक अन्य समयमा पनि सेवा दिन्छौं । त्यस्तै यादवले हलको प्राङ्गणमा क्याफे भएतापनि अन्य सेवाग्राहीले पनि जुनसुकै समयमा सेवा लिन सक्ने बताएका छन ।

No description available.

क्याफे संचालन भएसंगै पारिवारिक माहोलमा सेवा दिने बताईएको छ । क्याफेमा आउने सबै सेवाग्राहीले वातावरणिय आनन्दका साथमा विभिन्न सेवा लिन सक्ने क्याफेका संचालक यादवले बताएका छन । हाम्रो उदेश्य नाफा कमाउनु मात्र होईन, उनले भने, गुणस्तरिय सेवा प्रवाह गर्नु नै मुख्य धेय हो ।

No description available.

क्याफेमा थकाली खाना पाउनुका साथै थारु लगायत विभिन्न संस्कृतीका खानाका परिकार पाईने यादवले बताएका छन । उनका अनुसार हरेक हप्ता फरक फरक स्वादका परिकार पाईनेछन ।

No description available.