एक हजार ९६ संक्रमित थपिए, १२ जनाको मृत्यु

एक हजार ९६ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो १४ घण्टामा देशभर एक हजार ९६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ९ सय १६ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा एक हजार ९६ जना संक्रमित थपिएका हुन्। साेही अविधमा १२ जना संक्रमितको मृत्यु भएको छ। 

यस्तै आज एक हजार ४ जना संक्रमितले कोरोनालाई जितेका छन् भने हाल देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख  छ।