बाढी पहिरो पीडितको उद्दार र राहतमा जुट्न सरकारसँग अनेरास्ववियुको आग्रह

बाढी पहिरो पीडितको उद्दार र राहतमा जुट्न सरकारसँग अनेरास्ववियुको आग्रह

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परेकाहरुको तत्काल राहत र उद्दारको व्यवस्थापनमा लाग्न सरकारसँग आग्रह गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै देशभर बाढी पहिरोका कारण प्रभावितहरुको उद्दार र राहतमा जुट्न सरकारसँग आग्रह गरेकी हुन् ।

‘बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता भएकाहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई उपचार एवम् राहतको काम तत्कालै अगाडि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गदर्छौ अनेरास्ववियू, हाम्रा सबै तह र जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ताहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै परिचालित हुन निर्देशन गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बरालले बाढी, पहिरो तथा डुवानमा परी मृत्यु भएका मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ती, बेपत्ता भएकाहरूको खोजीकार्य तीव्रताका साथ गर्न, घाइते र विस्थापितहरुलाई उपचार र राहतको काम तत्कालै अगाडि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग पनि उनले गरेकी छिन् ।