बैतडीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

बैतडीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीमा पहिराले घर बगाउँदा मंंगलवार ३ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको हो ।

प्रहरीले मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेको जनाएको छ ।  प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।