कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट श्रीमान श्रीमतीको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट श्रीमान श्रीमतीको  मृत्यु

कञ्चनपुर ।  कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ। 

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।

मृतक दुबै जना श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ।