सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडक अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडक अवरुद्ध

धनगढी ।  सुदूर पश्चिमका सात पहाडी जिल्ला जोड्ने अधिकांश सडक पहिरोले अवरुद्ध भएका छन् । 

सात वटै पहाडी जिल्ला जोड्ने सडकहरुमा दर्जनौ स्थानमा पहिरो गएका कारण तत्काल सडक सञ्चालनमा आउन समेत कठिनाई भएको छ ।

कैलालीको चुरे गाउँपालिकाको फल्टुडे र भासु क्षेत्रमा गएको पहिरो हटाएर झण्डै २० घण्टापछि हिजो साँझ सडक सञ्चालनमा आएपनि पुनः भीमदत्त राजमार्गका बिभिन्न ठाउमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

धनगढी–जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी, डडेल्धुरा–बैतडी, बैतडी–बझाङ, बैतडी–दार्चुला, डोटी–अछाम, अछाम–बाजुरा जोड्ने सडक खण्डका बिभिन्न स्थानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम चन्दले पश्चिम टुडेलाई बताए ।

उनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने सम्पूणृ सडकहरु पहिरोकारण अवरुद्ध भएको बताए ।