कैलालीको पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना

कैलालीको पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना

धनगढी । कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बौनियामा ना ६ ख ८८३३ नम्बरको बस दुर्घटना भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका -४ बोराडाँडीका ३२ वर्षीय विकस अधिकारीले चलाएको सो बस चिप्लो सडकका कारण ब्रेक लगाउँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

साथै दुर्घटनामा मानवीय क्षति नभएको र बसमा सवार सबैजना सकुशल रहेको प्रहरीले जनाएको छ ।