डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो

डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु,  मृत्यु हुनेको संख्या ११ पुग्यो

डोटी | डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ। सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको हो।

स्थानीयका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन्। उनका छोरा रमेश भने गम्भीर घाइते रहेको स्थानीयले बताएका छन्। 

त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ। योसँगै डोटीमा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।