बझाङ । बझाङको थलारा गाउँपालिका वडा नं ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।
प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको छ । पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लाका १७० परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।