पहिरो पीडितको खोजीका लागि गएको हेलिकोप्टरमार्फत बझाङमा सुत्केरीको उद्धार

पहिरो पीडितको खोजीका लागि गएको हेलिकोप्टरमार्फत बझाङमा सुत्केरीको उद्धार

बझाङ । बुधवार बिहान थलाराको पहिरोमा परेकाहरूको खोजीका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत  एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

थलारा गाउँपालिका–९ कि २१ वर्षीय सम्झना भण्डारीको हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको छ।

भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मङ्गलवार बिहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन्। अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनुपर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौकीका इन्चार्ज विकास खडकाले बताए।