धनगढी । सेतीको जलसतह घटेपछि बैतडीको सिगास गाउँपालिका –५ को ढुंगाडमा फसेका ६० बढीको अवस्था सहज बन्दै गएको छ। प्रहरी र स्थानीयले फसेकाहरूको उद्वार गरिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
डेढ सय बढी घरधुरी रहेको बस्तीलाई सेती नदीले टापु बनाएपछि मंगलबारदेखि करिब ६० जना उद्धारको पर्खाइमा रहेका थिए। स्थानीयले सोमबार रातिदेखि नै खानेकुराको अभाव झेलेको बताएका छन्।