घरमा पानी पस्दा प्यारालाइसिस बिरामी भई हिड्डुल समेत गर्न नसक्ने १ जनाको मृत्यु

घरमा पानी पस्दा प्यारालाइसिस बिरामी भई हिड्डुल समेत गर्न नसक्ने १ जनाको मृत्यु

टीकापुर | कर्णाली नदी बाढीका कारण कैलालीको टीकापुरमा एकजनाको ज्यान गएको छ। टीकापुर नगरपालिका ८ कालिमाटीका करवीरे ढोलीको ज्यान गएको हो। हिजो राति कर्णाली नदी गाउँमा पसेपछि घरभित्रै डुबेर उनको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार एक्कासी नदी गाउँमा पसेपछि प्यारालाइसिस बिरामी भई हिड्डुल समेत गर्न नसक्ने शारीरिक रुपमा असक्त उनलाई घरमै सुरक्षित राखेर आफन्त स्थानीय विद्यालयमा गएका थिए। घरमा पानी पसेपछि उनको ज्यान गएको हो।

कर्णाली नदीको शाहीपुर, पथरैया र बनगाउँ क्षेत्रबाट विभिन्न गाउँमा पसेको छ। पथरैयामा भएको कटानले कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश भुभाग जलमग्न भएका छन्। 

(सच्याइएको : घरमा पानी पस्दा हिड्डुल समेत गर्न नसक्ने १ जनाको मृत्यु भएको मा घरमा पानी पस्दा प्यारालाइसिस बिरामी भई हिड्डुल समेत गर्न नसक्ने १ जनाको मृत्यु बनाइएको छ । उक्त शब्दले पर्न गएको असुविधा प्रति क्षमा प्राप्ति छौँ । -समचार संयोजक)