भारतको पिथौरागढमा बुधवार भएको एक सडक दुर्घटनामा परी बैतडीका २ जनाको ज्यान गयो

भारतको पिथौरागढमा बुधवार भएको एक सडक दुर्घटनामा परी बैतडीका २ जनाको ज्यान गयो

धनगढी । भारतको पिथौरागढमा बुधवार भएको एक सडक दुर्घटनामा परी बैतडीका २ जनाको ज्यान गएको छ । 

पिथौरागढको थलभुवानी नजिक बिहान पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खसेर भएको दुर्घटनामा परी  २ नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।  हो । 

दुर्घटनामा भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, बैतडीको पाटनस्थित खिमाली गाउँका दीपक अवस्थी, मोहन जोशी, पिथौरागढकै कल्याण चन्द र रघुबिर सिंहको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गाडी बिनोद कुमार चन्द आफै चलाइरहेका थिए । उनको गाउँ बुगामा बुधवारै कूल पूजा थियो । पूजाभन्दा अगाडि अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग जाने सल्लाह दिएका थिए । 

स्नान गरेर कूलपूजाका लागि फर्किदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । अवस्थी र जोशी चन्दका कुल पुजारी थिए । चन्द राती अनिदो रहेको र गाडी चलाउदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।