कैलारी गाउँपालिकाले बाढीपीडितका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने

कैलारी गाउँपालिकाले बाढीपीडितका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने

कैलाली ।  अविरल वर्षाले किसानहरुको बालीमा क्षति पुर्याएपछि कैलालीको कैलारी गाउँपालिकाले तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ। बाढी प्रभावितहरूका लागि भन्दै गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो।

बुधबार गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्ने लगायत निर्णय गरेको हो।

यस्तै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष चौधरी बताए। त्यस्तै गाउँपालिकाले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शत प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष चौधरीले जानकारी दिए।