प्रधानमन्त्री देउवा आज दुईदिनका लागि सुदूरपश्चिममा बाढीपहिरो क्षेत्र निरक्षणमा आउदै

प्रधानमन्त्री देउवा आज दुईदिनका लागि सुदूरपश्चिममा बाढीपहिरो क्षेत्र निरक्षणमा आउदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहिवार) गृहप्रदेश आउने कार्यक्रम तयभएकाे छ । असाेज ३१ गते देखि परेकाे अबिरल वर्षामा कारण भएकाे क्षतीकाे अनुगमन गर्न प्रधानमन्त्री देउवा गृहप्रदेश आउन लागेका हुन् ।
आज (बिहिवार) बिहान ८ बजे सुर्खेतबाट हेलिकप्टरबाट डाेटी, बझाङ, डडेल्धुरा र कञ्चनपुर हुँदै साझ धनगढी पुग्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
चार जिल्लाकाे अनुगमनपछि आज (बिहिवार) धनगढी बास बस्ने कार्यतालिका रहेकाे स्वकीय सचिव देउवाले जानकारी दिए ।
शुक्रबार कैलालीकाे दक्षिणी भेग टिकापुर भजनी लागयतकाे बाढी प्रभाबित क्षेत्रकाे अनुगमन गर्ने कार्यतालिका रहेकाे बताईएकाे छ ।