ट्राफिक कार्यालयद्वारा ४९ लाख बढी राजश्व संकलन

ट्राफिक कार्यालयद्वारा ४९ लाख बढी राजश्व संकलन

कञ्चनपुर: जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ। 

दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो। मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ। 

वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारको जिम्मा लगाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए।