इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

धनगढी । कोभिड – १९ को महामारीले व्यक्तिगततथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको जटिलताका बावजुत, हरेक वर्ष जस्तै, यस वर्ष पनिअकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । 

इन्टेग्िरटी आईकन, सार्वजनिक सेवामा रहेरजुनसुकै परिस्थितिमापनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदायनिर्माण गर्न थलिएको खुलाअभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वकाअन्य १४ मुलुकमा पुगिसकेको छ । 

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्तभएका ३३५ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकापूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभालामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथ ाआइआइडिएस सेन्टर फर गभर्नेन्सकानिर्देशकडा. सुचेताप्याकुरेल रहनुभएको थियो । 

इन्टेिग्रटी आइकन २०२१ का लागि छनौटभएकाव्यक्तित्वको संक्षिप्तविवरण यस प्रकार रहेको छः 
१. शिलाशर्मा,नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन), भेरी अस्पताल, नेपालगञ्ज, बाँके ः कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नैनिर्देशिकाबनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुनानिर्देशिकातयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्थागरिन । भेरी अस्पतालमा एउटा हलमात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो ।  उनले ४ ओटाहल र करिडोर पनिप्रयोगमाआउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्धअक्सिजनको समुचितउपयोग होस भनेरअफ ड्युटी नर्सहरू परिचालन गरेरअक्सिजननपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमानिगरानीगरिन् ।

२. मनमाया भट्टराईपंगेनी, प्रमुखजिल्लाअधिकारी, नवलपुर ः उनीजुनसुकै विम्मेवारीमाहुँदापनिमहिलाका मुद्दा प्राथमिकतामा परे । स्वास्थ्य सहायकहुँदा स्थानीयभाषासिकेर महिलालाई स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य केन्द्र सम्मआउने बनाईन् । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखाप्रमुखहुँदा “मर्यादितमहिनावारी”कार्यक्रमलाई आक्रामक रुपमाकार्यान्वयनमाल्याईन् । अहिले १५०० जनाविद्यार्थीलाई आफैले हिंसा, अपराधकाबारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिमदिएर परिचालन गरेकिछिन् । त्योसँगै उनले “विकासमा सुरक्षा” नीतिप्राथमिकता दिएपछि अहिले जिल्लामाविकास निर्माणका कार्यहरूले तिव्रतापाएको छ । 
३. चन्द्रकान्तचौधरी, कृषिअधिकृत, मकवानपुरगढी गाउँपालिका, मकवानपुर ः चौधरीले व्यवसायिक खेती, बजार र प्रविधीसँगकिशानलाई अभ्यस्तबनाएर एक उदाहरणीय कृषिप्राविधिकको रुपमाआफुलाई प्रस्तुत गरेका छन् । उनले तालिमदिएकाकिशानले उत्पादन राम्रो गरे । बजारिकरणको लागि कृषि सहकारीलाई कार्यान्वयनमाल्याए । किशानलाई कारोबार गर्न सजिलो होस भन्नकालागिकिशानक्रेडिट कार्ड वितरण गरे, जसबाट किशानले २ लाख सम्मको कारोबार सजिलै गर्न सक्दछन् । फलस्वरुप ८ कट्ठामा खेतीगर्ने किशानअहिले ८ बिगाहामाव्यवसायिक खेतीगरिरहेकाछन् । 

४. डा. सुमित्रागौतम, मेडिकल सुपेरिटेन्डेण्ट, भक्तपुर अस्पताल, भक्तपुर ः केहीवर्ष अगाडीसम्म धरासयीभक्तपुर अस्पताल डा. गौतमले नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको छ । सामान्य ड्रेसिङ सम्मको सुविधामात्रउपलब्धहुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बन्यो । रिफरल अस्पतालको रुपमाचिनिएको सिरहा अस्पतालको रुप फेरियो । जसोतसो २०–३० जना सेवाग्राहीआउने खजुरा स्वास्थ्य केन्द्रमाउनी गएपछि दैनिक ३०० जती बिरामीआउनथाले । त्यतीमात्रनभएर अहिले पनिउनलाई पच्छ्याउँदै टाढाटाढाका जिल्लाबाट बिरामीहरू भक्तपुर अस्पताल आउने गरेकाछन् । 

५. डा. लोक बहादुर लोप्चन, उप–सचिव, भाषाआयोग, काठमाण्डौ ः मातृभाषा संरक्षणमा लागिपरेका डा. लोप्चनमातृभाषिलाई खोज्न मात्रपनि देशकाकुनाकुनापुगेका छन् । आफ्नै व्यक्तिगतपहलमाभाषिकपहिचान सम्बन्धीनियमितप्रकाशनहरू सार्वजनिकगरिरहेकाछन् । भाषाआयोगमाआउनुपूर्व उनले जिल्लाशिक्षाअधिकारी भएर पनिकाम गरे । ओखलढुंगामा त उनले हरेक विद्यालय, शिक्षक, विद्याथी र विषयकालागिलक्षनिर्धारण गरेर कार्यान्वयनमाल्याए । जसको परिणामा केहीविद्यालयप्रदेशमै अब्बल ठहरिए । खोलखामा सट्टा शिक्षक राख्ने शिक्षकलाई शुन्य सहनसिलताकाआधारमा कारवाही गरे । पाँचथरमामिलेमतोमाशिक्षकनियुक्तिगर्ने प्रणालीलाई हटाई परीक्षा समितिद्वारा शिक्षकनियुक्तिहुने प्रणाली स्थापित गरे । 

यि आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जालफेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुतगर्ने जनाईएको छ । उहाँहरूलाई आगामीकार्तिक १२ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गरिने भएको छ ।