कार्तिक ४ र ५ गते धनगढीमा कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाउने

कार्तिक ४ र ५ गते धनगढीमा कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाउने

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकाका कार्तिक ४ र ५ गते कोभिड-१९ विरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।

उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराका अनुसार १८ बर्ष माथिका हालसम्म कुनै पनि खोप नलगाएकाहरुलाई धनगढी उप-महानगरपालिकाको १९ वडा मध्ये ६ ओटा वडामा मात्रै कोभिड-१९ विरुद्धको खोप लगाईने भएको छ । 

खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गर्दै बोहोराले वडा नम्बर ४ मा रहेको तुलसी माबिमा कार्तिक ४ र ५ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाईने र अन्य बाकी रहेका वडाहरु ६, ७, ९, १३, १४, १८ र १९ नम्बर वडामा भने कार्तिक ४ गते एकदिन मात्रै  खोप लाउने बताए ।