बझाङ । बझाङको वित्थडचिर गाउँपालिकामा २ दिन देखी एक महिला सुत्केरी बेथा खेपी राखेकी छन् ।
गाउँपालिकाको वडा नम्बर ६ बस्ने रिउली धामीकी बुहारी, हर्मल धामीकि श्रीमती २ दिन देखी सुत्केरी बेथा लागि देउलेख प्राथमिक स्वास्थेकेन्द्रमा बच्चा पाउन नसकेको अवस्थामा छटपटाई रहेकी छन् ।
बच्चा पाउने समय भन्दा पनि एक महिना थप भएकी उनलाई विगत २ दिन देखी सुत्केरी व्यथा लागेको छ । असोज ३१ गते देखिको अविरल वर्षाका कारण जय पृथ्वी राजमार्ग ठाउँ ठाउँमा पहिरोका कारण बाटो बन्द भएकोले गर्भवती महिला लाई अन्त अस्पताल पनि लग्न न सकिएको स्थानीय जय धामीले जानकारी दिए ।
धामीका अनुसार सडक मार्गबाट उपचार गर्न अन्यत्र लैजान सकिने कुनै पनि विकल्प नरहेकाले नदेखिएकोले हेलिकप्टर मार्फत उद्धार सम्भव भए गर्भवती महिलाको ज्यान जोगाई दिन महिलाका परिवारले आग्रह गरेका छन् ।