भारतीय वायुसेवाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेवाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ।

विमान चालक सुरक्षित त्यहाँबाट निस्केको समाचार छ। ‘विमान रुटिन मिसनमा उडिरहेको थियो र ग्वालियर एयरफोर्स स्टेसनबाट उडेको थियो,’ एक अधिकारीले बताए। दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी राखिएको छ।