सुदूर पहाडका ७ जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु

सुदूर पहाडका ७ जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु

धनगढी । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ ।

सडक बिभागका कर्मचारीहरु र सुरक्षाकर्मीहरुको टोलीको टोलीले चार दिनयता सडकमा खसेको पहिरो हटाउने प्रयास जारी राखेका थिए ।

भात्काडादेखि गैरा अन्तर्गत पर्ने सडक खण्डका दर्जनौ स्थानमा पहिरो खसेका कारण चार दिनयता भीमदत्त राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाएर सडक सुचारु गरिएको जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् ।