बाढी-पहिरो पीडित परिवारका लागि राहत सङ्कलन अभियान

बाढी-पहिरो पीडित परिवारका लागि राहत सङ्कलन अभियान

धनगढी। डडेल्धुराको गन्यापधुरा गाउँपालिका र बोलन्या थलीले बाढी-पहिरो पीडित परिवारका लागि राहत सामाग्री सङ्कलन अभियान सुरु गरेको छ ।

आज एक कार्यक्रमका बिच गन्यापधुरा गाउँपालिका वडा नम्बर २ र ४ का वडा अध्यक्ष इन्द्र कार्की र चेत भट्टले अभियानको सुरुवात गरेका हुन् ।असोज ३१ गते राती देखि परेको अविरल वर्षा सँगै आएको बाढी-पहिरोले जिल्लामा पुगाएको क्षतिलाई मध्यनजर गर्दै राहत अभियान सङ्कलन सुरु गरेको जनाएको छ ।

बाढी-पहिरोमा परि जिल्लामा दुई जनाले अकालमै ज्यान समेत गुमाउनुपरेको र कयौँ घरहरू पहिरोको उच्च जोखिममा रहेको अवस्थामा पीडितको घाउमा सानो भए पनि मलम लगाउने उद्देश्यले आफूहरूले राहत सामाग्री सङ्कलन अभियान सुचारु गरिएको नेपाली काँग्रेसका युवा नेता तथा गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष चेत राज भट्टले बताए ।

गाउँपालिमा परेको दुखमा सबैले जोडिन समेत उनले आग्रह गरे । उनले सो अभियानमा  २० हजार सहयोग गर्ने समेत बताए ।

यस्तै गन्यापधुरा गाउँपालिका २ का वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्कीले पनि सो अभियानमा २५ हजार एक सय एक रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले गाउँपालिकामा परेको यो संकटमा सहयोग गर्न चाहनुहुनेहरुले गाउँपालिकाको प्रकोप व्यवस्थापन खाता ग ७.२ नाम रहेको नेपाल एस बि आई बैक गन्यापधुरा शाखा रहेको बैक नम्बर ४१९२५२४०६००००६ मा आफूले सक्दो सहयोग गर्न सकिने जनाएको छ ।

यस्तै सो अभियानमा सहयोग गर्न चाहनुहुने व्यक्तिहरूले ९८५८४८०६५४ नम्बरको ईसेवामा पनि पठाउन सकिने जनाउको छ । राहत सामाग्री अभियानमा आर्थिक सहयोग मात्रै नभई ग्याविन जाली, सिमेन्ट,खाद्यान्न,राशन,कम्मल समेत सहयोग गर्न सकिने जनाएको छ ।

No description available.