देउवा समक्ष सुदूरपश्चिम प्रदेशको नेतृत्व काँग्रेसले पाउनुपर्ने सुदूरका काँग्रेस सांसदहरूको माग

देउवा समक्ष सुदूरपश्चिम प्रदेशको नेतृत्व काँग्रेसले पाउनुपर्ने सुदूरका काँग्रेस सांसदहरूको माग

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति रहेका शेरबहादुर देउवालाई सुदूरपश्चिमका काँग्रेस संसदहरुले सुदूरपश्चिम प्रदेशको नेतृत्व काँग्रेसले पाउनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति समेत रहेका देउवालाई सुदूरपश्चिमका काँग्रेस संसदहरुको भेटमा सो माग गरेका हुन् । गठबन्धन सरकार रहेका बेला सुदूरपश्चिममा काँग्रेसले नेतत्व पाउनु पर्ने माग गरेको नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा.राणबहादुर रावलले जानकारी दिए ।

जवाफमा देउवाले सर्बदलिय छलफलपछि मात्रै टुङ्गोमा पुग्ने बताएका छन् । उनले भने–यो सातै प्रदेशको भागबण्डाका बिषयमा सबै दलहरु संग बसेर निश्कर्षमा पुग्ने छौ ।

भेटमा प्रदेश संसद भरतबहादुर खड्का, देवराज पाठकले र नन्दा बमले आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले अन्य दलबाट सुदूरपश्चिम प्रदेशको नेतत्व सफल नभएको बताउदै काँग्रेसले पाउनुपर्ने माग गरेका थिए ।