बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारसँग अनेरास्ववियूको माग

धनगढी खबर    

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारसँग अनेरास्ववियूको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।

शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो ।

बाढीबाट धान बालीमा भएको क्षतिको विवरण संकलन गरेर पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने तथा विपद् व्यवस्थापनमा सबै प्रशासनिक संयन्त्रको प्रयोग गर्न पनि माग गरिएको छ ।
अनेरास्ववियूले संकटका बेला सरकारलाई आफूहरु रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्न पनि आग्रह गरेको छ ।

मुख्यमन्त्री भट्टले सरकारले राहत तथा उद्दारको काम गरिरहेको बताउँदै अनेरास्ववियूले उठाएका सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । तीनै तहका सरकारसँगको समन्वयका आधारमा पीडितलाई क्षतिपूर्ति दिइने उनले बताए ।

गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २२ जना बेपत्ता छन् ।



शुक्रबार ०५, कार्तिक २०७८ ०५:१२ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस