भोलिदेखि सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

भोलिदेखि सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

धनगढी । सुदूरपश्चिम सरकारले भोलि(शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। भोलि हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेकी छिन्। ‘अब सरकारसँग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रष्ट जनतालाई भनिदिन्छौँ’ उनले भनिन्।