सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८९ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

एक्काइस जनामा पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल २० र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत बाजुराका तीन र बैतडीका  दुई जनामा सङ्क्रमण देखिएको हो।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन्। यसअघि यस प्रदेशमा बिहीबार २० जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना डिस्चार्ज भएका  थिए।