कञ्चनपुरमा १ बढीका भन्सार छलीका कपडा बेवारिसे अवस्थामा फेला

कञ्चनपुरमा १ बढीका भन्सार छलीका कपडा बेवारिसे अवस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ५बाट सामान बरामद गरेको हो। 

भन्सार छली ल्याएर राखेका लेडिज कपडा र रुमाल गरी अन्दाजी मुल्य १ ला १३ हजार ४० बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको बताइएको छ।