बाढीपहिरो प्रभावित क्षेत्रमा आज देखि सुदूरपश्चिम सरकारले राहत बाँड्ने

बाढीपहिरो प्रभावित क्षेत्रमा आज देखि सुदूरपश्चिम सरकारले राहत बाँड्ने

सुदूरपश्चिम सरकारले शनिबार ९आज०देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टरमार्फत  प्रदेशका पहाडी जिल्लामा राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरिसकेकी छिन् ।

आ(आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक(पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या निम्तिरहेको भन्दै मन्त्री जोशीले सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्नेमा जोड दिइन् ।

“वास्तविक पिडितले राहत पाउनुपर्छ नी टाठा बाँठाले पटक पटक पाउने सोझो पिडितले एक पटकपनि नपाउने घटना देरै सुनिएका छन् ति घटना यसपालि हुन नदिन मैले छलफल गरेकी हुँ,” मन्त्री जोशीले भनिन्, “अब सरकारसंग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ मैले भनेकी छु रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसलेनै दिएको हो भन्छौँ । अन्य जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रस्ट जनतालाई भनिदिन्छौँ मात्र एकद्वार प्रणाली भए सबैले पाउने र सहजपनि हुने भएकाले मैले आग्रह गरेकी हुँ ।’ 

गत आईतबारदेखि आएको प्रदेशमा बाढी पहिरोमा परि ४३ जनाको ज्यान गएको छ , भने २२ जना वेपत्ता रहेका छन् । यस्तै १७ जना घाईते भएका छन् । भने कर्यौ घर परिवार विस्तापित भएका छन् ।