जलवायु परिवर्तन विश्वका लागि खतराको विषय : हिमाल पग्लिँदै, समुद्र अग्लिँदै

जलवायु परिवर्तन विश्वका लागि खतराको विषय  : हिमाल पग्लिँदै, समुद्र अग्लिँदै

जलवायु परिवर्तन विश्वका लागि खतराको विषय बनेको छ। जलवायु परिवर्तनको कारक मानव गतिविधि हो। ठूला उद्योगहरूबाट कार्बन उत्सर्जन बढी हुने बताइन्छ। यो मानव निर्मित हो। यही जलवायु परिवर्तनका कारण भर्खरै नेपालले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ। यस्तो क्षति हरेक वर्ष ३ अर्बको हाराहारीमा रहेको तथ्याङ्क छ। 

विश्वमा सहरीकरण र औद्योगिकरण तीव्र बढेसँगै कार्बन उत्सर्जन पनि बढेको छ। एक दशकमा दोब्बरले कार्बन उत्सर्जन बढेको देखिएको छ। यसले अस्वभाविक रूपमा मौसममा परिवर्तन भइरहेको छ। यही कारण नै पृथ्वीको तापक्रम १ डिग्री बढेको बताइएको छ। 

तीव्र औद्योगिकरण भई त्यसमा खनिज तथा इन्धनको प्रयोगले पृथ्वीको ताप बढ्दै गइरहेको छ। प्राकृतिक खनिज पदार्थ तथा इन्धनको ठूलो परिमाणमा प्रयोगले बाहिरी वातावरणमा पनि फेरबदल ल्याइदिएको छ। तुलनात्मक रूपमा हेर्दा पनि २५ वर्ष पहिले जस्तो विश्व छैन। पृथ्वीको ताप बढ्दै गएर उच्च हिमश्रृङ्खलाहरू पग्लिएर उचाई कम हुँदै गइरहेको छ भने समुद्रको सतह अग्लिँदै गइरहेको छ। -अन्नपुर्णपोष्टबाट