एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न पार्टीको स्थायी कमिटिको बैठकले महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेको हो ।

यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सो बैठकले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

‘बैठकले १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन प्रयोग गर्ने निर्णय गरेको छ.’ पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले भने, ‘यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाइ आग्रह गरेका छौं ।’

एमालेको राष्ट्रिय महाधिवेशन आगामी २०७८ मङ्सिर १०-१२ मा चितवनमा हुँदै छ ।