धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने

धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने

धनगढीमा आइतबारदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। भोलिबाट उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ।


७ गतेदेखि १४ गतेसम्म ८ दिन विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए। उनका अनुसार बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ। प्राधिकरणले जारी गरेको सूचनामा स्थान भने खुलाइएको छैन।

धनगढी वितरण केन्द्रअन्तर्गत धनगढीसहित कैलारी गाउँपालिका, गोदावरी, गौरीगंगा, चुरे लगायतको क्षेत्र पर्छ। विद्युत प्राधिकरणले समयसमयमा फेडर डउन गरेर बुस कटिङ अर्थात प्रशारण लाइनमा रहेको झाडी हटाउदै आएको छ।