भारतीय कम्पनी अल्केमको औषधि न्यून गुणस्तरको,विक्रि वितरणमा रोक

भारतीय कम्पनी अल्केमको औषधि न्यून गुणस्तरको,विक्रि वितरणमा रोक

नेपालको बजारमा बिक्रि हुँदै आएको भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको औषधि न्यून गुणस्तरको फेला परेको छ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको हो। 

निमोसुलाइड ट्याब्लेट १०० एमजीको १९१३००७० ब्याच नम्बरका औषधि न्यून गुणस्तरको फेला परेपछि विभागले ती सबै औषधि फिर्ता गर्न भनेको छ। विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न भनको हो।

निमोसुलाइड ट्याब्लेट दुखाई कम गर्न खाने गरिन्छ।