वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्छ: नेता रामचन्द्र पौडेल

वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्छ: नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताउका छन् । धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरे।

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो  संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले  छिटै चुनाव हुननसक्ने बताए । संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उनले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नै पर्ने बताए । नेता पौडेलले  एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताए।

नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नाको विकल्प नभएको उनको भनाइ थियो ।    नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिए ।