सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नं. ४ भेलाद घरभएकी अन्दाजी १९ वर्षकी सिमा कुमारी बोहराले सदरमुकाम नजिकै सेति नदीमा हाम फालेकी हुन् । 

उनी हाल जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा बस्दै आएकी थिइन् ।

बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ । बोहराले किन आत्माहत्या गरेकी हुन् भनेर नखुलेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

शुक्रवार पनि जयपृथ्वी नगरपालिका १० का नविन सुनारले सेतीनदीमा हाम फालेर आत्महत्या गरेका थिए ।