विभिन्न निर्णय गर्दै सम्पन्न भयो नेकपा 'एस' बैतडीको बैठक

विभिन्न निर्णय गर्दै सम्पन्न भयो नेकपा 'एस' बैतडीको बैठक

बैतडी । नेकपा (एकीकृत समाजवादी) बैतडीको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको जिल्ला कमिटी बैठकले बाढी पहिरो पीडितका लागि राहात तथा पुर्नस्थापना, शुसासन र परदर्शिता लगायतमा वकालत, पार्टी संगठन विस्तार लगायतका महत्वपर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

नेकपा (एस) ले आज जिल्ला सदरमुकाम बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।
 
बैठकले बाढी पहिरो पीडितका लागि राहात, पुर्नस्थापनाका लागि सरकारलाई दबाव दिने, स्थानीय सरकारहरुमा भईरहेको भ्रष्टाचार लगायत सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणमा हुने कामको ढीलाईका बारेमा स्पष्ट नीति तथा कार्यान्वयन पक्षलाई जिम्मेवार बनाउन दबाव दिने, पार्टी संगठन विस्तारका काममा सिंगो कार्यकर्ता परिचालन गर्ने लगायतका निर्णयहरु गरिएको नेकपा (एस) का जिल्ला इन्चार्ज एवं केन्द्रीय पोलिटव्यूरोप सदस्य प्रमानन्द भट्टले बताउनुभयो ।
 
अबको तीन महिनामा पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै विभिन्न जनवर्गिय संगठनहरुको निर्माण समेत गर्ने निर्णय भएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै आम जनताका साना देखि ठुला मुद्दाहरुमा केन्द्रत हुन्छौँ ।’ भट्टका अनुसार प्रत्येक वडाहरुमा एक हजार संगठित सदस्य बनाउने लक्ष नेकपा (एस) ले दिएको छ । 
 
पत्रकार सम्मेलनमा उपस्थित नेकपा (एस) का प्रदेश सहसचिव एंव सुदूरपश्चिम प्रदेशका निर्वतमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा सरकारलाई सुझाव सल्लाह दिने तथा आवश्यक परे दबाव दिने पनि बताउनुभयो । पार्टी संगठ निर्माणका कामलाई पनि आफुहरुले तिब्रता दिएको उहाँको भनाई छ । 
 
कार्यक्रममा उपस्थित नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ति कमजोरीहरुलाई सुधार्दै नेकपा (एस) पार्टी अब बलियो पार्टीका रुपमा स्थापित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अबको हम्रो काम जनतासंगै सहभागि भएर विकास, समृद्धि र शुसासनका लागि हुन्छ ।’ उहाँका अनुसार आम जनतालाई केन्द्रमा राखेरमात्रै पार्टीले विभिन्न निर्णय तथा कामहरु गर्ने छ ।