मुगुमा भरुवा बन्दुक पड्किएर १० वर्षीय वालकको मृत्यु भएको छ। खत्याड गाउँपालिका(१० डुवाना बस्ने अम्मर दिन रावलका १० वर्षीय छोरा विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो।
सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकाससहित तीन जना बच्चाहरूले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।