नेपाल वायुसेवा निगमले भोलीदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने

भाडा कति ?

धनगढी खबर    

नेपाल वायुसेवा निगमले भोलीदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने

धनगढी । नेपाल वायुसेवा निगमका जहाँजले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिए सगै आइतबारदेखि उडान भर्न लागेकोे हो ।

पहिलो उडान आइतबार बिहान वायुसेवा निगमको टुइटर जहाँजले धनगढी(डोटी उडान भर्ने धनगढी विमानस्थका प्रमुख रामकृण भट्टले बताए । १८ सिट क्षमताको उक्त जहाँले पहिले उडान डोटी गर्ने कार्यक्रम तय भएको भट्टले बताए ।

डोटी उडान गर्न चाहनेहरुको लागि अहिले बिमानस्थलले नाम दर्ता गरिरहेको र भोली नै निगमबाट कर्मचारी आएपछि नै टिक काट्न सकिने भट्टले बताए ।

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ । भने,‘धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।

नेपाल वायुसेवा निगमका जहाँजले दैनिक सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने छ । आइतबारबाट कैलालीको धनगढी बिमानस्थलबाट जहाँज उडानका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । 


 



शनिबार ०६, कार्तिक २०७८ ०६:२२ मा प्रकाशित

#नेपाल वायुसेवा निगम #सुदूर पहाड

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस