बाढी-पहिरोमा परी सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३५ पुग्यो

बाढी-पहिरोमा परी सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३५ पुग्यो

धनगढी । सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी शनिबार बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।

बाढीपहिरोमा परी बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरीका अनुसार बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १/१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा हालसम्म २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा १/१ छन् । यस्तै १७ जना घाइते छन् । डोटीमा ११, डडेल्धुरा, बैतडीमा २/२ जना, बझाङ र बाजुरामा १/१ जना घाइते छन् ।