आज दीपायल र बझाङमा धनगढीबाट परीक्षण उडान

आज दीपायल र बझाङमा धनगढीबाट परीक्षण उडान

नेपाल वायुसेवा निगमले आज आइतबार धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि धनगढीलाई बेस बनाएर अरु जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान हुने भएको हो ।

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुने बताए। धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ ।

धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ ।जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आज बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ । हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् ।

धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीचबाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए।