तिहारअघि सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

तिहारअघि सवारी चालक अनुमतिपत्रको आवेदन खुल्ने

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।

कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा। भुसालले जानकारी दिए ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागू गरिएको थियो । राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको उनले बताए ।

२०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ ।