नेपाल एयरलाइन्सको जहाज बझाङमा, उडान भोली देखि सञ्चालन हुने

नेपाल एयरलाइन्सको जहाज बझाङमा, उडान भोली देखि सञ्चालन हुने

बझाङ  ।  नेकपा एसका नेता कार्यकर्ताको पहलमा बझाङमा नेपाल एयरलाइन्स जहाज उडान भोलि देखि सञ्चालनमा हुने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गेटा विमानस्थलको निरीक्षण गर्ने क्रममा यात्रुहरूको चाप ह्वात्तै बढेपछि थप जहाज आवश्यक परेका बताएका थिए । 

धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाई यात्रा एक मात्र विकल्पका रूपमा रहेको छ  ।

सुदूरपश्चिमको   पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । 

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए । 

धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५ भाडा दर कायम भएको छ । धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी ३ हजार ८९५ हवाई भाडा दर कायम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भोलि बिहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्ने छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ ।