नेपाल एयरलाइन्सले आजदेखि थाल्यो धनगढीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान

नेपाल एयरलाइन्सले आजदेखि थाल्यो धनगढीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान

धनगढी । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले आज धनगढीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान थालेको छ। 

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दिपायल र बझाङमा उडान भएको हो। 

उनका अनुसार दुवै रुटका लागि नियमित उडान हुने छ भने भाडा दर कायम भइसकेको छ। भने, धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडा दर कायम भएको छ ।

त्यस्तै, धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडा दर कायम भएको छ ।

बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरू अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो।