आन्दोलित बनेका सुदूरपश्चिमका इन्जिनियर भन्छन्, 'सोमबार २ घण्टा पेन डाउन गर्छौँ'

आन्दोलित बनेका सुदूरपश्चिमका इन्जिनियर भन्छन्, 'सोमबार २ घण्टा पेन डाउन गर्छौँ'

धनगढी । गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका इन्जिनियर आन्दोलित भएका छन्।

उनीहरूले आइतबार कानुन मन्त्रालयमा शान्ति पूर्ण विरोध प्रदर्शन गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी जोशीलाई ज्ञापन पत्र बुझाएका छन् । भने, सोमबार १० देखि १२ बजेसम्म (२ घण्टा पेन डाउन गर्ने) अर्थात् काम नगर्ने नेपाल इन्जिनियर एसोसिएसन सुदूरपश्चिमका सभापति लव जोशीले बताए। 

इन्जिनियरहरूको पेसागत हकहितका लागी आन्दोलन गरेको बताउने उनीहरूले इन्जिनियरहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।