कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी

कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी

कञ्चनपुर । कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी भएको छ। शनिबार राति जिल्लाको बेलौरी नगरपालिकास्थित बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी ३ वटा मोटरसाइकल चोरी भएका हुन्।

शोरुमको सीसीटीभीको तार झिकेर ‘पल्सर २०० सिसी’ १ थान र ‘पल्सर १५० सिसी’ २ थान मोटरसाइकल चोरी भएको सञ्चालकले बताएका छन्।

प्रहरीले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए।