बाढी-पहिरोमा परी सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

धनगढी खबर    

बाढी-पहिरोमा परी सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३७ पुग्यो
फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखि अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी डोटीमा १६, बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र  कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै बाढीपहिरोमा परेर  प्रदेशमा अझै २२ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एकरएक छन्। यस्तै विपदमा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना घाइते भएका हुन्। 



आइतबार ०७, कार्तिक २०७८ ०४:४२ मा प्रकाशित

#सुदूरपश्चिम प्रदेश
Loading...

प्रतिकृया दिनुहोस